शुक्रबार, बैशाख ०७, २०८१

एनआरएनए जापानमा साडे १२ हज़ारभन्दा बढीको सदस्यता दरखास्त

टोकियो,२२ जेठ । सदस्यता लिन र नविकरण गर्नका लागि एनआरएनए जापानले निर्धारण गरेको समय सीमा समाप्त भएको छ । पुर्वनिर्धारित मिति मे महिनाको मसान्तसम्मको भएतापनि, समस्त जापानवासि नेपालीहरुको सदस्य बन्ने चाहनालाई सम्बोधन गर्दै, मे ३१ तारिख बसेको केन्द्रीय कार्यसमितिको बिशेष बैठकले ,यहि जुन ४ तारिख आइतबार राति १२ बजे सम्मको लागि समय थप गरेको थियो ।

जापानमा नेपालीहरुको बढ्दो संख्या सहित संघसंस्थाहरुको संख्या पनि अत्यधिक बढिरहेको छ । यहि क्रममा  यो पटक सबै संघसंस्थाहरुको  शिर्ष  संस्था एनआरएनए जापानको सदस्यताप्रति उल्लेख्य आकर्षण देखियो ।एनआरएनए जापानका अध्यक्ष सुदन थापाले सामाजिक सञ्जाल मार्फत उपलब्ध गराएको तथ्याङ्क हेर्दा,१२हज़ार ७सय ५५ जनाले सदस्यताको लागि दरखास्त दिएकाछन् ।त्यी मध्ये १० हजार ७३ जनाको सदस्यता प्रमांणित भइसकेको छ । दरखास्त दिने बाँकी व्यक्तिहरु मध्ये ५ सय ३८ जनाको प्रमाणित हुन बाँकि छ भने,२१ सय ४४ जनाको सदस्यता शुल्क प्राप्त नभएको जनाईएको छ ।

साथै,अध्यक्ष थापाले ,सदस्य शुल्क बैक दाखिला गरेको भौचर र २०१७ जुन ४ तारिँख राति १२ बजे सम्म दरखास्त परेका सदस्य रुजु गरि प्रमाणित गरिने जनाएका छन् । त्यसका साथै पैसा भुक्तानी गरेको रसिद सहित पेनडिंगमा रहेका व्यक्तिहरुले कार्यसमिति संग सम्पर्क गर्नुका लागि अनुरोध पनि गरिएको छ ।