शनिबार, बैशाख ०८, २०८१

एनआरएनए जापानको सदस्यता लिने थपेको समयसिमा आज सकिदै

टोकियो,२१ जेठ । एनआरएनए जापानले नयाँ सदस्यता लिने र नविकरण गर्ने थपेको ४ दिनको समयसिमा आज सकिदै छ सदस्यता लिन चाहने व्यक्तिहरुले आजसम्म सदस्यता लिन अनुरोध गरेको छ ।
एनआरएनए जापानको सदस्यता लिने समयलाई समस्त जापानवासी नेपालीहरुको सदस्य बन्ने चाहनालाई सम्बोधन गर्दै आज जुन ४ तारिख आइतबार राति १२ बजे सम्मको लागि थप गरिएको ब्यहोरा सम्पुर्ण महानुभावहरुमा जानकारी दिएको छ । सदस्यता दर्ता गर्दा बिना शुल्कका दरखास्त संख्या पनि अत्यधिक मात्रमा आएकोले ४ तारिख आज राति १२ बजे सम्म सदस्यता शुल्क एनआरएनए बैक खाता दाखिला गरि एपमा लगइन गरि पठाइदिन हुन साथै सदस्यता पेनडिंगमा हुनु हुने महानुभाबहरुले कार्यसमितिसंग सम्पर्क गर्नु अध्यक्ष सुदन थापाले अनुरोध गर्नु भएको छ ।

एनआरएनए जापानको सदस्यता नबिकरण तथा नया सदस्यता लिने समय नया सदस्यता लिने तथा पुरानो सदस्यता नबिकरण गर्न मे ३१,२०१७ सम्म खुला रहेको  थियो भने ४ दिन थरेर आज ४ तारिख आज राति १२ बजे सम्म समयसिमा रहेको छ    ।

नया सदस्यता तथा नबिकरणका लागि एनआरएनए जापानको ( JP POST 10010-52370361 ) प्रतिव्यक्ति १,००० येन  लाग्नेछ ।