बुधबार, असोज १०, २०८०

गोदावरीमा तीज विशेष“बृहत् सांस्कृतिक तथा सांगीतिक कार्यक्रम” सम्पन्न

मायालु लामा, ललितपुर । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ३ स्थित बसपार्कमा महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजित “बृहत् सांस्कृतिक तथा सांगीतिक तीज विषेश कार्यक्रम” सम्पन्न भएको छ ।

गोदावरी नगरपालिका–३ को आयोजनामा भएको बृहत् सांस्कृतिक तथा सांगीतिक तीज विषेश कार्यक्रममा नेपाल कै चर्चित गायक धर्मेन्द्र सेवान र लोकप्रीय गायीका टिका प्रसाइको बेजोड प्रस्तुतिको साथ भब्य रुपमा सम्पन्न भएको हो। गायक सेवान र गायीका प्रसाइको साङ्गितिक प्रस्तुतिमा नगरपालिकाको मेयर गजेन्द्र महर्जन र वडा नम्बर ३ का अध्यक्ष सानुराजा घिमिरे हजारौं दिदी–बहिनीहरुको बिचमा नाचेका थिए ।

आफ्ना वडामा रहेका दिदिबहिनीहरुलाई माईतिको न्यास्रो नहोस् र आफ्नो संस्कृति, रीति रिवाज र परम्परालाई जगेर्ना गर्नलाई आयोजना गरिएको तिज बिशेष कार्यक्रममा नगरपालिकाकी उप मेयर मुना अधिकारी, मामाघर आश्रमका प्रमुख गुरु बाल योगेश्वर विजयमुर्ती, वडा अध्यक्ष सानु भाई नगरकोटी, वडा सदस्यहरु,  समाजसेवी, विभिन्न कृयाशिल संघ संस्थाका प्रतिनिधिहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

तिज बिशेष कार्यक्रमलाई अतिनै भव्य सब्य बनाउनको लागि कलाकारको उपस्थितले सम्पूर्ण दर्शकहरु लाई झनै मनोरन्जन दिलाएको थियो। चेलीहरु राता सारी, छड्के तिलहरी, गहनापातले ढपक्कै ढाकिएका, सिंगारिएका दिदी बहिनीहरु एकदममै खुशी हुँदै कम्मर मर्काई मर्काई तिजका विभिन्न भाकाहरुमा नृत्य गरेका थिए ।

हिन्दु नारिहरुको महान पर्वका रुपमा मनाईदै आएको तिज पर्वमा विषेश गरेर अविवाहित महिलाहरुले राम्रो पति पाउनका लागि र विवाहित महिलाले पतिको दिर्घायुका लागि कामना गर्ने पर्वको रुपमा तिजलाई मनाउने गरिन्छ । तर पछिल्लो समयमा पर्व मनाउने वहानामा विकृती पनि बढ्दै गईरहेकोले त्यसलाई न्युनिकरण गर्नु पर्ने वडा अध्यक्ष घिमिरेले बताए। कार्यक्रमका वडा अध्यक्ष घिमिरेले उपस्थिती जनाई सफलताका साथ सम्पन्न पार्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा आर्थिक, भौतिक, नैतीक सहयोग गर्नुहुने बाल योगेश्वर विजयमुर्ती, कलाकार, पत्रकार एवं उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *