काठमाडौँ । नेकपा एमालेले संविधान दिवसको अवसरमा ’रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम गर्ने भएको छ । सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भिडियो सन्देश जारी गरी जनस्तरमा संविधान दिवसको अवसरमा आयोजना हुने कार्यक्रमका लागि काठमाडौंको नारायण चौरमा बुधबार बिहान ७ उपस्थितिका लागि आह्वान गरेका छन् ।
उनले असोज ३ गते ‘सेल्फी विथ नेसनल फ्ल्याग’का लागि नारायणचौर आउन आग्रह गरेका छन् ।