शुक्रबार, चैत १६, २०८०

ढल्केबर-मुजफ्फरपुरबाट आयातित विजुलीको पीपीए नवीकरण

काठमाडौं,१४ जेठ । नेपाल विद्युत प्राधिकरणले ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रशारणलाइनबाट आयात गर्दै आएको विद्युतको खरिद सम्झौता (पीपीए) नवीकरण गरेको छ ।

पीपीए नवीकरण सम्झौतामा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनटिपिसी विद्युत व्यापार निगम (एनभीभीएन) का सिइओ अरुणकुमार गर्गले शनिबार हस्ताक्षर गरे ।

पीपीए नवीकरण गर्न शुक्रबार भारत गएको घिसिङ नेतृत्वको टोली आइतबार दिउँसो काठमाडौं र्फकेको छ । प्राधिकरणले आगामी ३ महिनासम्मको लागि सम्झौता नवीकरण गरेको हो । अगष्टसम्म म्याद रहेको यो सम्झौता बमोजिम नेपाल बिद्युत प्राधिकरणले ढल्केबर-मुजˆफरपुरबाट १ सय ६० मेगावाटसम्म आयात गर्न सक्छ ।

अनलाइनखबरसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता प्रवलराज अधिकारीले भने, ‘यो सम्झौता अगष्ट (भदौ)सम्मको लागि हो र त्यसपछि नयाँ सम्झौता हुन्छ ।’

आगामी अगष्टमा बस्ने नेपाल-भारत सचिबस्तरीय उर्जा बैठकपछि नयाँ सम्झौता गर्ने सोच रहेको अधिकारी बताउँछन् । यसअघि भएको सम्झौता यही मे अन्तिममा सकिँदै छ । म्याद सकिनु अगाबै प्राधिकरणले एनभिभिएनसँग सम्झौता गरेको हो ।

अधिकारीले भने, ‘जून महिनादेखि भारतबाट बिद्युत आउने सुनिश्चतता थिएन, सम्झौता पछि त्यो सुनिश्चितता भएको छ ।’

अधिकारीका अनुसार प्राधिकरणले यसअघि ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट विद्युतको अत्याधिक माग रहेका बेला बढीमा १ सय ४५ मेगावाटसम्म आयात गरेको थियो । अहिले १ सय ३५ मेगावाटको हाराहारीमा आयात भइरहेको छ ।

यो विन्दुबाट बिद्युत प्राधिकरणले प्रतियुनिट भारु ३.६० मा एनभिभिएनसँग बिजुली खरिद गरिरहेको छ । यहाँबाट आयात भइरहेको बिजुली अन्य नाकाको भन्दा सस्तो भएको अधिकारी बताउँछन् । तर, यो लाइनबाट बिद्युत नल्याए पनि वार्षिक रुपमा प्राधिकरणले १ अर्ब बराबरको रकम तिर्नुपर्छ ।

बिद्युत प्राधिकरणले अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने नेपाल र भारतका (पीटीसीएन र सीपीटीसी) दुई कम्पनीलाई ‘हृविलिङ चार्ज (प्रसारण शुल्क)’ बापत वार्षिक १ अर्ब रुपैयाँ तिर्दै आएको छ । अहिले प्राधिकरणले मुजˆफरपुर सबस्टेसनमा २ वटा ट्रान्सर्फमर भाडामा लिएर वैकल्पिक रूपमा नेपालमा बिद्युत आयात गर्दै आएको छ । ढल्केबर सबस्टेसन पूरा भएपछि भने यो प्रसारण लाइनबाट २२० केभी चार्ज हुन्छ ।

बिद्युत प्राधिकरणले अहिले भारतबाट कुल २ सय ३३ मेगावाट बिद्युत आयात गरिरहेको छ । प्राधिकरणद्वारा सञ्चालित आयोजनाबाट ३ सय ८० मेगावाट बिद्युत उत्पादन भइरहेको छ भने निजी क्षेत्रबाट सञ्चालीत आयोजनाबाट २ सय ८ मेगावाट बराबरको बिद्युत उत्पादन भएको छ । पिक टाइममा अहिले १२ सय ५१ मेगावाटको माग रहेको छ ।