बुधबार, असोज ०२, २०८१

गोदावरी खोला सरसफाइ अभियान सफलता उन्मुख,सरसफाइ सम्बन्धी छलफल र वृक्षारोपण जारी

गाेदावरी । राष्ट्रको लागि स्वयंसेवा भावनाले संचालित गाेदावरीखोला क्षेत्र सरसफाइ अभियानको २३७ हप्ताको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

आजकाे कार्यक्रममा गोदावरी खोलाकाे अवस्था निरीक्षण गर्नुका साथै स्थानीयलाई फोहोर व्यवस्थापन सम्बन्धी सचेतना दिई सम्पन्न गरिएको अभियानकी संयाेजक बेबी राजभण्डारीले जानकारी दिईन् । यस्तै, सार्वजनिक स्थान ,मन्दिरहरूमा सरसफाइ गरी वृक्षारोपणका लागि बिरुवा वितरणा गरिएको थियाे ।

अभियानका लागि अभियन्ता अनुप घिमिरेले बिरुवा उपलब्ध गराएकाे संयाेजक राजभण्डारीले बताईन् । यसैगरी, आज सरसफाइ सम्बन्धी छलफल पनि गरिएको थियाे ।

साथै वडामा आउन सक्ने विभिन्न रोगबारे सचेत तुल्याएको संयोजक राजभण्डारीले जानकारी दिईन् । पर्यटकीय नगरी गोदावरीको वातावरण स्वच्छ तथा हराभरा बनाउन सकेमा गाेदावरीमा धेरै पर्यटक आउने अभियान्ताहरूकाे विश्वास छ ।