शुक्रबार, असोज ०५, २०८०

गोदावरी तीनको बसपार्क क्षेत्रका अस्थायी पसल/टहरा हटाएर बजारलाई व्यवस्थित बनाइँदै

गोदावरी । गोदावरी नगरपालिका वडा नम्बर तीनले अव्यवस्थित तथा अवैधानिक पसल/ टहराहरु हटाउने भएको छ । वडा नम्बर ३ लाई देश कै आकर्षक,उत्कृष्ट ,पर्यटकिय वडा बनाउने उद्देश्य अनुरुप गोदावरी फुलचोकी सडक, गोदावरी बसपार्क र गोदावरी कुण्ड सडकमा रहेका अव्यवस्थित पसल/टहराहरु हटाइने भएको हो । लामो समयदेखि छाप्रोमा सञ्चालन हुँदै आएको उक्त क्षेत्रको पसल तथा टहरालाई हटाई व्यवस्थित गर्न लागिएको हो ।

आज डिभिजन वन कार्यालयले राखेको सरोकारवाला वन, सेन्टजेभियर्स स्कुल, बाँडेगाँउ प्रहरी ,सम्पुर्ण छाप्रा पसल व्ययसायी सहित बसेको बैठकले अव्यवस्थित पसलहरु हटाईने निर्णय गरेको वडाध्यक्ष सानुराजा घिमिरेले जानकारी दिए । यस्तै हाल भएका पसलहरुलाई भने आकर्षक आधुनिक गाडा दिने र उक्त गाडा व्यवसाय नगर र सरोकारवाला निकायको समन्वयमा एैन अनुसार मात्रै संचालन गर्ने गराउने निर्णय भएको उनले बताए ।

आगामी दिनमा छिट्टै नै सबै पसलहरुलाई वडा ,नगर , वन , स्कुल र विज्ञहरुको सल्लाह , सुझाब अनुरुप आधुनिक,आकर्षक गाडा टेन्ड लगाएत सामाग्री वितरण गरिने उनी बताउँछन् । वडाध्यक्ष घिमिरेले भने, “बसपार्कमा रहेका छाप्रा पसलहरुले गोदावरी आएका पर्यटकहरुमा नकारात्मक असर परेकाले वडाको नकारात्मकउक्त सन्देश देश तथा विदेशमा समेत पुगेको ब्यापक गुनासो आइरहेको अवस्थालाई सम्बोधन गरी आकर्षक पर्यटकिय वडा बनाउन भनि आकर्षक सटर बनाउन १,१५,००,००० एक करोड १५ लाख बजेट बिनियोजन गरी पटक पटक निर्णय भयो ।”

पटक पटक यस क्षेत्रका अस्थायी संरचना हटाउन खोज्दा द्वन्द सिर्जना भएको वडाध्यक्ष घिमिरेले बताए । उनले भने, “सरोकारवाला निकाय सबै बसि बैठक बस्दै नगरपालिकाले सटर बनाउन ठेक्का भई उक्त ठाउँ सेन्टजेभियर्सको लिज अनि संरक्षित वन एरिया भएकोले र सेन्ट जेभियर्सले पहिल्यै त्यहाँ कुनै कार्य नगराउन भनि मुद्दा हालिएको र बनाउन खोज्दा अख्तियारमा समेत हाल्ने तयारी गरेको थियो ।” -“ हामी सटर बनाउन खोज्ने, वन र स्कुलले भने रोक्न खोज्ने अवस्थाले द्वन्द समेत बड्दै गएको थियो । ” -वडाध्यक्ष घिमिरले भने ।

आजको बैठकले उक्त ठाउँमा कुनै संरचना बनाउन नमिल्ने ,नदिने र अब वनले जिल्ला भरी कै त्यस्ता संरचना हटाउन लागेको कुरा राख्दै गर्दा वडा कार्यलयले हटाउनै पर्दा विकल्प बिना हटाउन नहुने अडान राखेकोले उपस्थित सम्पुर्ण छाप्रा पसल संचालकहरु सहितको मन्जुरीमा छाप्रा पसलहरु हटाउने निर्णय भएको हो ।