शान्त पहरी,टोकियो,१२ जेठ । काठमाडौँ महानगरपालिकामा एक लाख ३२ हजार ८८६ मतगणना गर्दा नेकपा (एमाले)ले ४५ हजार ८५५ मत प्राप्त गरी आफ्नो अग्रता कायम गरेको छ ।
शुक्रवार विहानसम्मको मतगणना हेर्दा कामपामा नेकपा (एमाले)का उम्मेदवार विद्यासुन्दर शाक्यले ५० हजार भन्दा बढी मत प्राप्त गरी अग्रस्थानमा छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार राजुराज जोशीले ३५ हजार को हाराहारीमा मत प्राप्त गरेका छन् ।
पोखरा महानगरपालिकाको मेयरमा नेकपा एमालेले एकलौटी अग्रता लिएको छ। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले झन्डै १२ हजार मतको अग्रता लिएको ५ ।
एमालेका मानबहादुर जिस ५१,२१७ मत ५ भने नेपाली कांग्रेसका रामजी कुँवर ३९३९५ मत ल्याएका छन ।
यस्तै उपमेयरमा पनि एमालेको अग्रता ११ हजारको हाराहारीमा पुगेको छ।
उता भरतपुर महानगरपालिकामा भने रोचक मत परिणाम आईरहेको छ भरतपुरमा एमालेका देवी ज्ञवाली ३२,२५३,रेणु दाहाल ३०,९१६ मत प्राप्त गरेका
छ । भरतपुरको उपमेयर पदमा नेपाली काँग्रेसकी पार्वती शाहले २८ हजार भन्दा बढी मत ल्याएकी छिन् भने एमालेकी दिव्या शर्मा आचार्यले २५ हजारको भन्दा बढी मत प्राप्त गरेकी छिन् ।