बिहिबार, असार ०७, २०८१

वर्षौंदेखि देशलाई कसरी ‘प्यारलाईज्ड’ गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौंः सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद बैठक नचलेकोमा आपत्ति जनाएका छन् । संदनको गतिरोध हटाउन प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसिरहेका बेला सभापति लामिछानेले सामाजिक संजालमार्फत जनसरोकारका विषयमा छलफल र निर्णय गर्नुपर्नेमा संसद नचलेको र बार्गेनिङ मात्र चलेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनले भनेका छन्, ‘वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं । कयौं कानुन बनाउनुपर्ने छ, कयौं कानुनमा संशोधन छन् । जनसरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ। तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ । दुःखद..।’