बुधबार, असोज १०, २०८०

माओवादी पदाधिकारीको जिम्मेवारी हेरफेर, वर्षमानलाई विशेष प्रदेश र जनार्दनलाई बागमतीको जिम्मेवारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरिएको छ । आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।

अध्यक्ष प्रचण्डले उपमहासचिव जनार्दन शर्मालाई बागमती प्रदेश र अर्का उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मेवारी दिएका छन् । त्यस्तै, सचिव लिलामणि पोखरेललाई कोशी प्रदेश,सचिव देवेन्द्र पौडेलले मधेश प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् ।

यसैगरी, लुम्बिनी प्रदेशको इन्चार्जमा मातृका यादव, कर्णालीको चन्द्रप्रकाश खनाल र सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी डिल्लीराम आचार्यले पाएका छन् ।

यसअघि माओवादी केन्द्रले कोशी प्रदेशको इन्चार्जको जिम्मेवारीमा राम कार्की, मधेश प्रदेशमा गणेश साह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल र कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्ज तोकेको थियो ।