सोमबार, भदौ ३१, २०८१

तारकेश्वरमा पहिरो : बाबुछोरीको मृत्यु, आमाछोरा घाइते

काठमाडौं । तारकेश्वर नगरपालिका–३ चो गाउँमा लगातारको वर्षाका कारण आएको पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ ।

गएराति पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरी आश्मा तामाङको मृत्यु भएको वडा अध्यक्ष परशुराम अर्यालले जानकारी दिए।

गणेश तामाङकी श्रीमती र छोरा घाइते भएकाले उनीहरुको हाल टिचिङ अस्पताल महाराजगन्जमा उपचार भइरहेको वडाध्यक्ष अर्यालले बताए । लगातारको वर्षाका कारण आएको पहिरोले तामाङको परिवार बस्दै आएको घर पुरेको हो ।