बिहिबार, बैशाख ०६, २०८१

सीबी ट्राभल्स एण्ड टूर्स औपचारिक रूपमा आजबाट सेवाग्राही माँझमा

चितवन , जेष्ठ ८ – चितवनको भरतपुरबाट सीबी ट्राभल्स एण्ड टूर्सले आजबाट आफ्नो औपचारिक यात्रा सुरु गरेको छ । केहि समय अगाड़ीबाट नै अनलाईनबाट काम सुरु गरिसकेको सीबीले आजबाट विधिवत रूपमा सेवाग्राहिमाँझ आएको हो ।

चितवन पर्यटन विकास समिति सदस्य एंवम चितवन राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्रका संस्थापक केशब देवकोटा र सीबी ग्रुपका अध्यक्ष तथा प्रबन्धक निर्देशक महेन्द्र चोखालले संयुक्त रूपमा रिबन काटेर समुदघाटन गरेका थिए । भरतपुर एरपोर्ट अगाडी वैष्णम मिष्ठान्न भण्डारसंगै अवस्थित सीबी ट्राभल्सले राष्ट्रीय तथा अन्तराष्ट्रीय हवाई टिकटसंगै नेपाललाई पर्यटकिय केन्द्र बनाऊँन लागी पर्ने सीबी ग्रुपका अध्यक्ष चोखालले जानकारी दिए । समुदघाटन कार्यक्रममा समाजसेवी मुरलीप्रसाद गजुरेलसंगै चितवनका संचारकर्मीको समेत उपस्थिति रहेको थियो । सीबी ट्राभल्स एण्ड टूर्सका निर्देशक हाल जापानमा रहेका सन्तोष चोखालले भने – हाम्रो लक्ष्य एउटै हो , हामी पनि सफल बनौ , हाम्रो देश पनि सफल बनोस । त्यसरी नै हामी विशेष टूर्स प्याकेज सहित आएका छौ , यसमा हजुरहरू सम्पूर्णको साथ , सहयोग र माया रहीरहने छ ।

निर्देशक चोखाल संचारकर्मी समेत हुन । सीबी ट्राभल्स एण्ड टूर्सले अब छीट्टै नेपालका मुख्य पर्यटकिय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्रयाऊँन लागी परेको जनाएको छ । सीबी ट्राभल्स एण्ड टूर्सको टीममा विक्रम कार्की , शिव चोखाल समेत रहेका छन । ऊनीहरूले कतारबाट ब्यबस्थापन गरिरहेका छन ।