बुधबार, असोज ०२, २०८१

रवि लामिछानेको अभियानः एकसय जनालाई स्वदेशमै ‘बिना ढेउवा के’ रोजगारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगारको घोषणा गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन–२ का सांसद रवि लामिछानेले १०० जनालाई रोजगारी दिने घोषणा गरेका छन् । चितवन–२ को उपचुनावबाट पुनः निर्वाचित भएको १०० दिनको अवसरमा लामिछानेले यस्तो घोषणा गरेका हुन् ।

उनले वैदेशिक रोजगारीमा रहेका तर स्वदेश फर्किन चाहनेका लागि एक सयभन्दा बढी रोजगारको घोषणा गरेका हुन् उनका अनुसार विश्वका विभिन्न देशमा रहेका नेपालीले छनोट प्रक्रियामार्फत स्वरोजगार बन्न सक्नेछन् ।

सभापति लामिछानेले विदेशी पत्रिका तथा चोकहरूमा विज्ञापन गरी इच्छुक नेपालीलाई फ्री टिकटमा फर्किन आग्रह गरेका छन् । सभापति लामिछानेले यसअघि निर्वाचनको समयमा फ्री टिकटको व्यवस्था गरी विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने अभियान चलाउने बताएका थिए।