बुधबार, बैशाख १२, २०८१

दोस्रो चरणको चुनावमा मधेसी दलले नि भाग लिन्छन : यादव

जनकपुर,८ जेठ ।  संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए पनि दोस्रो चरणको चुनावमा मधेसकेन्द्रित सबै दल सहभागि हुने वताएका छन् । आइतबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै यादवले निर्वाचनमा सहभागि नभए अहिलेसम्म प्राप्त भएको उपलब्धी गुम्ने वताए ।

‘संविधान संशोधनका लागि आवश्यक बहुमत नपुगेको अवस्थामा संशोधन नगरे पनि सबै मधेसी दल चुनावमा सहभागि हुन्छन्’ यादवले भने, ‘त्यसो गर्न नसके अहिलेसम्म प्राप्त उपलब्धी गुम्ने खतरा हुन्छ ।’ उनले मधेसी दलले आपसमा मिलेर आगामी चुनावमा साझा उम्मेदवार उठाउनु पर्ने पनि वताए । साझा उम्मेदवार बनाउन आफूले प्रयास गर्ने यादवको भनाई थियो ।

उनले पहिलो चरणको स्थानीय निर्वाचनबाट आफू उत्साहि भएको वताउँदै चुनावले आफ्नो संगठन पहाड र हिमालमा पनि विस्तार गर्न मदत पुगेको वताए ।