जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रीय समन्वय परिषद (आइसीसी)को सदस्यमा जापानबाट खेलाडी श्रीभक्त गुरुङले उम्मेदवारी दिने घोषणा गरि दर्ता गर्नुभएको छ।
जापानबाट एनआरएनए आइसीसी सदस्यमा आगामी कार्यकाल २०२३-०२५ काे सदस्यमा गुरुङले उम्मेदवारी घोषणा गरि उम्मेदवार दर्ता गरेको जानकारी गर्नुभएको छ।
एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद सदस्य छ जनाको लागि बिष्णुप्रसाद घिमिरे, बाबुराम खरेल, विजेश थकाली, छत्रबहादुर दाहाल, कृष्ण केसी (थम्मन खत्री), राम थापा अनिल, श्री भक्त गुरुङ,विकास श्रेष्ठ र सुमन कार्की गरि नौ जनाले उम्मेदवारी दर्ता गराएका छन ।
पश्चिमाञ्ल क्षेत्रीय भलिबल संघका संस्थापक अध्यक्ष तथा भलिबलका पूर्व राष्ट्रिय खेलाडी गुरुङ चुनावी मैदानमा होमिएका छन् । “खेलकुद,समाज र मुलुकको विकासमा एक ईट्टा थप्ने आफ्नो प्रतिबद्धता” भन्ने नारासहित आफ्नो उम्मेदवारी दर्ता गराएको बताए ।
तमु धीं जापानका पूर्व अध्यक्ष तथा नेफिन जापानका बरिष्ठ उपाध्यक्ष समेत रहेका गुरुङ पोखरा १ निवासी समेत हुन् ।
एनआरएनए आइसीसी सदस्य निर्वाचित हुनको लागि जापानको ११ औं राष्ट्रीय महाधिवेशन जुलाई ३० तारिखको निर्वाचनबाट निर्वाचित हुनु पर्ने प्रावधान छ ।