काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सुन तस्करी प्रकरणका मालिक नै पक्राउ गर्नुपर्ने बताएका छन् । शुक्रबार सामाजिक संजालमार्फत किरातीले यसपटक भरिया नभई मालिक नै समाउनुपर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘सुशासन विना समृद्धि र समाजवाद सम्भव छैन । भरिया होइन यसपालि चाहिँ मालिक समाउनु पर्छ । । सुनकाण्ड हाम्रो मन्त्रालयसँग सम्बन्धित नरहेको कुरा स्पष्ट गर्दछु । तथापि भ्रष्टाचार र तस्करी हामी कसैलाई सह्य छैन ।’