काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको छ । राजश्व अनुसन्धान विभागको टोलीले बुधबार सुन बरामद गरेको हो ।
विभागको टोलीले भन्सार एजेण्टसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । मोटर पार्ट्समा लुकाएर सुन ल्याइएको बताइएको छ । यो सामान मंगलबारै जाँचपास भएको थियो । सुन हङकङबाट आएको बताइएको छ । सुन ८० किलोभन्दा बढी रहेको बताइएको छ ।