शुक्रबार, असोज १२, २०८०

निर्वाचन पर्यवेक्षणका लागि एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको कम्बोडिया प्रस्थान गरेको छ ।

मंगलबार राति अध्यक्ष ओली त्यसतर्फ प्रस्थान गरेका हुन् । अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य र उपमहासचिव विष्णु रिमाललगायत छन् ।

कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि ओली त्यसतर्फ गएका हुन् ।

कम्बोडिया जानुअघि ओलीले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको उनको सचिवालयले जनाएको छ ।