शुक्रबार, असार ०१, २०८१

जङ्गली च्याउ खाँदा एकै परिवारका तीनजनाको मृत्यु

रोल्पा । जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उनका छोराहरु ११ वर्षीय सुशील गुरुङ तथा छ वर्षीय प्रेम गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

जङ्गली च्याउ खाई बिरामी परेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा भर्ना गरिएका उनीहरुलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिए ।