काठमाडौं । युवा नेता एवं समाजसेवी लक्ष्मण गुभाजू राष्ट्रिय सामाजिक अभियन्ता सम्मान २०८० बाट सम्मानित भएका छन् । शनिबार उज्यालो भविष्य नेपालको १० औँ वार्षिक उत्सवको अवसरमा गुभाजू कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङबाट सम्मानित भएका हुन् ।
कार्यक्रममा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वरिस्ठ कलाकार मदनदास श्रेष्ठ, बिबिसीको विश्वको शक्तिशाली १०० महीलामा पर्न सफल सपना रोक्का मगर, पुर्व एआईजी धिरू बस्नेतलार्इ संयुक्तरुपमा राष्ट्र सेवा सम्मान २०७९ बाट सम्मानित गरिएको थियो ।
सामाजिक सुधारको आकाङ्क्षा राख्ने प्रगतिशील जीवनदृष्टि भएका सामाजिक अभियन्ता गुभाजू साहित्यकार, पत्रकार, सफल युवा व्यवसायी र राजनीतिक नेता समेत हुन् । जुन मानिस परमात्मामा अटूट श्रद्धा राखेर मानवको सेवामा लागिरहन्छ उ कहिल्यै वृद्ध हुदैन भन्ने संकल्प लिएर लामो समय देखि उनी समाज सेवामा होमिएका थिए ।