जापान । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको सचिवमा मनोज श्रेष्ठले उम्मेद्वारी दिने घोषणा गरेका छन । एनआरएनए जापानमा आगामी २०२३(०२५ कार्यकालको सचिवमा श्रेष्ठले उम्मेद्वारी दिने घोषणा गरेका हुन।
जापानमा सामाजिक कार्यमा सक्रिय युवा, हाईजिमा युथ क्लवको महासचिव, नेपाल जापान फुटबल एसोसिएसनको महासचिव, दोलखा समाजका कोषाध्यक्षमा रहेर काम गरेका श्रेष्ठले उम्मेद्वारी सार्वजनिक गरे संगै निर्विरोधको लागि पहल भएको छ ।
जापानमा सबै युवाहरु देखि विभिन्न समुदायहरुसँग सहकार्य गर्न सक्ने युवा मनोज श्रेष्ठ वर्तमान सदस्य अब एनआरएनए जापानको सचिवमा आफू मैदानमा आएको बताउनु भयो।‘युवा एकता समाजको आवश्यकता, ल्च्ल्ब् लाई सक्रिय र चलायमान बनाउने मेरो प्रतिवद्धता’ भन्ने नारा सहित श्रेष्ठले सचिवमा उम्मेद्वारी घोषणा गरेका हुन।