शुक्रबार, असोज ०५, २०८०

गोदावरी तीनका भूमीहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिइने

गोदावरी । लामो समयदेखि समस्याका रूपमा रहेको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा उपलब्ध गराउने कार्य तिव्रताका साथ अगाडि बढाईएको छ ।

गोदावरी नगरपालिका वडा नम्बर ३ भित्र विगत ५ दशकदेखि बसोबास गर्दै आएका भुमिहिन दलित ,भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आगामी दिनमा चाडै लालपुर्जा दिलाउने उद्देश्यले राष्ट्रिय भुमि आयोग, ललितपुरका अध्यक्ष, नापि तथा मालपोत प्रमुखहरुसंग बुधबार महत्त्वपूर्ण छलफल भएको छ ।

आइतबार गोदावरी नगरपालिका वडा नम्बर ३ नहर लगायत स्थानमा नापि कार्यालय लगनखेलबाट नापजाच कार्य सुरु गराइने वडाध्यक्ष सानुराजा घिमिरेले बताए । साथै, बाँकी केहि कार्य सकि छिटो भन्दा छिटो लालपुर्जा वितरण गरिने उनी बताउँछन् । यस्तै, आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको आवास र भूस्वामित्व सुनिश्चित गर्दै न्यायपूर्ण भूमि व्यवस्था स्थापित गर्न योगदान गर्ने अठोट लिएको छ।

सबै काम सकिएपछि आवश्यक्ता अनुसार भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराइने छ ।