शुक्रबार, असार ०१, २०८१

सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
मन्त्रिपरिषद्को बैठकले राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो । उनको पार्थिक शरीरमा नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिइएको थियो ।
प्रधानमन्त्री प्रचण्ड र छोरीहरु रेणु र गङ्गा दाहालले सीताको पार्थिक शरीरमा दागबत्ती दिएका थिए ।
बुधबार बिहान निधन भएकी सीतालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शवयात्राका साथ पशुपति आर्यघाट पुर्यार्इएको थियो । पशुपति आर्यघाटमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाललगायत शीर्ष नेताहरुको उपस्थिति थियो ।
त्यस्तै, आर्यघाटमा मन्त्रीगण, सरकारी अधिकारी, नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता र शुभेच्छुकको बाँक्लो उपस्थिति थियो ।