सोमबार, जेठ २२, २०८०

समाजसेवी लामाद्वारा महाभारतका अग्निपिडित गोलेलाई सहयोग

काभ्रे । अग्निपिडित परिवारलाई समाजसेवी रामध्वज लामाद्वारा राहत वितरण गरिएको छ । महाभारत गाउँपालिका वडा नं। २ स्थित चिसापानीटारका अग्निपिडित वीर बहादुर गोलेलाई नेपाली कांग्रेस निकट युवा संगठन तरुण दल काभ्रे–१ प्रदेश ‘क’ का सभापति समेत रहेका लामाले राहत वितरण गरेका हुन् ।

आगलागीबाट पुर्ण रुपमा क्षति भई पीडित बनेका गोलेलाई समाजसेवी लामाले १० बोरा चामल, दाल, नुन, तेल, लत्तकपडा, ५ थान सिरक, ५ थान डसना, सिरानी सहित नगत रु ५ हजार सहयोग गरेको हो । उक्त राहत सामाग्री नेपाली कांग्रेस प्रदेश सभापती राम योन्जन, उपासभापती रण बहादुर तामाङ, कोषाध्यक्ष रमेश तामाङ, प्रचार–प्रसार विभाग प्रमुख विकास योन्जन, वडा सभपाती दमै सिं वाईबा वडा अध्यक्ष पदम बहादुर मोक्तान र महाभारत गाउँपालिका वडा नं.३ सभपाती प्रकाशमान थिङ लगायतको उपस्थितिमा वितरण गरिएको हो ।

गत फागुन २१ गते गोलेको घरमा एक्कासि आगलागी भई धनमालको पुर्ण क्षति भएको थियो । आर्थिक अवस्था नाजुक गोलेको घरको खाद्य सामाग्री देखि सम्पूर्ण धनमाल जलेर नष्ट भएपछि स्थानीय वडा सरकारले सहयोगको लागि अपिल गरेपछि लामाले राहत सामाग्री वितरण गरेको हो । आवश्यक सबै सामग्रीहरु पाएपछि अग्निपिडित गोले परिवार निकै खुशि भएका छन्।

%d bloggers like this: