बिहिबार, बैशाख १३, २०८१

गोदावरी खोला नजिकका विभिन्न स्थानमा निरिक्षणका साथै सचेतनामुलक सरसफाइ

ललितपुर । गाेदावरीखोला क्षेत्र सरसफाइ अभियानको २१३ औं हप्ताको सचेतनामुलक सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

महिला तथा बालबालिकाकाे पहलमा ”हाम्रो गोदावरी,स्वच्छ सफा र सुन्दर गोदावरी” भन्ने नाराका साथ प्रत्येक शनिबार संचालन हुँदैं आएकाे अभियान आज गोदावरी नगरपालिका वडा नम्बर १ , महालक्ष्मी नगरपालिका वडा नम्बर ६ र ८ र ललितपुर महानगरपालिका २९ मा पर्ने गोदावरी खोलाको निरिक्षण तथा खाेला नजिकका विभिन्न स्थानमा टाेल सुधार समितिद्वारा सचेतनामुलक सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हाे ।

यसैगरी, आज गोदावरी खोला नजिक रहेका पशुपालन तथा पानी ट्याङ्कर व्यवसायको निरीक्षणका पनि गरिएको थियाे ।

निरिक्षणकाे क्रममा पशुपालन व्यवस्थित भए/नभएको बारे जानकारी लिनुका साथै पानी ट्याङ्कर व्यवसायीहरूलाई सचेतनामुलक सरसफाइ, वातावरण संरक्षण र व्यवसाय कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा सचेतनामुलक कार्यक्रम गरिएको गाेदावरी खाेला सरसफाई अभियानकी संयाेजक बेवी राजभण्डारीले जानकारी दिईन् ।

फाेहाेकाे उचित व्यवस्थापन गर्नेतिर ध्यान दिने विषयमा नागरिककाे सहभागिता नहुने हाे भने सभ्यताकाे सुरुवात गरेकाे क्षेत्रका नागरिक हाैं भनेर गाैरव गर्ने अवसर गुम्ने उनी बताउँछिन् । दिनप्रतिदिन पर्यटककाे पहिलाे राेजाइँ बन्दै गइरहेकाे गाेदावरी र गाेदावरीकाे साैन्दर्य बढाइरहेकाे गाेदावरी खाेलालाई सफा गरिराख्नु नगरबासीले आफ्नाे दायित्व सम्झिनुपर्ने संयाेजक राजभण्डारीकाे भनाइ छ ।

कार्यक्रममा, सामाजिक अभियन्ताहरु , सरसफाइ कर्मिहरु, टाेल सुधार समितिका सदस्यहरू लगायतकाे सहभागिता रहेकाे थियाे ।