शनिबार, बैशाख ०८, २०८१

जापानको चौतारो रेष्टुरेण्टमा मार्च २६ र २७ तारिख नेपाल जापान सांस्कृतिक महोत्सव हुने

टोकियो । जापान टोकियोस्थित कामताको चौतारो रेष्टुरेण्टमा मार्च २६ र २७ तारिख नेपाल जापान सांस्कृतिक महोत्सव हुने भएको छ ।
नेपालको लोकदोहोरी टेलिभिजन कार्यक्रम ईन्द्रेणीका कलाकार लगायतको उपस्थितिमा टोकियोमा नेपाल जापान सांस्कृतिक महोत्सव हुने भएको हो ।
कार्यक्रम हलमा नेपाल जापान सांस्कृतिक महोत्सवका रुपमा आयोजना गर्न लागिएको चौतारो कम्पनीका प्रमुख केशव अधिकारीले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा ख्यातिप्राप्त हांस्य कलाकार शैलेन्द्र शिम्खडा, गायक रबि ओड, कलाकार तथा पाईलट बिजय लामा, लोक गायक तथा ईन्द्रेणी कार्यक्रममा प्रस्तोता कृष्ण कँडेल सहित ईन्द्रेणी टिमका कुल २० जना कलाकारहरु उपस्थित रहने भएका छन् । कार्यक्रममा गायक ईन्द्र दोगं, रमेश बानिया, गायिकाहरु रुपा लामा, रेखा पौडेल लगायत जापान आउन लागेको हेराल्ड मिडिया संचालक तथा कार्यक्रम संयोजक समीर लामाले जानकारी दिनुभयो ।

२ दिनसम्म चल्ने नेपाल जापान सांस्कृतिक महोत्सव तथा हेराल्ड अवार्ड कार्यक्रम ईन्द्रेणी कार्यक्रम मार्फत टेलिभिजनमा प्रत्यक्ष प्रशारण समेत हुने भएको छ । कार्यक्रमको जापान संयोजन चौतारो ग्रुपले गरेको हो । नेपाल र जापानबिच सांस्कृतिक आदान प्रदान गर्नको लागि जापानी अतिथिहरुको साथमा कार्यक्रम भव्य बनाउन लागिएको अधिकारीले जानकारी दिनुभयो ।

हेराल्ड मिडियाको आयोजनामा हुन लागेको कार्यक्रमलाई चलचित्र विकास बोर्ड, नेपाल एयरलाईन्स लगायत संस्थाहरुको सहयोग रहेको छ ।

नेपालको कला-संस्कृति र नेपाल जापान सांस्कृतिक आदान प्रदानमा टेवा पुर्याउने उद्देश्यले जापानमा कार्यक्रम आयोजना गर्न लागेको चौतारो ग्रुपले जनाएको छ ।