शनिबार, बैशाख ०८, २०८१

नेपाली समुदायलाई लक्षित गरि मार्च २६ मा पेन्सन सम्बन्धी अन्तरक्रिया हुने

टोकियो । नेपाली राजदुतावास, एनआरएनए जापान र कानागावा ईन्टरनेश्नल फाउण्डेसनको पहलमा पेन्सन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम हुने भएको छ।
जापानमा रहेका नेपाली समुदायलाई लक्षित गरी पेन्सन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम हुने भएको हो ।

नेपाली राजदुतावास टोकियो, एनआरएनए जापान तथा कानागावा ईन्टरनेश्नल फाउण्डेसनद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रममा,स्याईकाई होकेन किन गर्ने ? जापानमा भिषा तथा एईजिउ लिनका लागि कति समय पेन्सन तिर्नुपर्छ ? या पेन्सन नतिरे के हुन्छ ? जापानमा बसुन्जेल तिरेको पेन्सन नेपाल फर्किएपछि पाईन्छ या पाईँदैन ? लगायतका विविध विषयहरुमा छलफल हुनेछ।
कार्यक्रमका संयोजक तथा एनआरएनए जापानका प्रवक्ता सुभास लामिछानेका अनुसार उक्त कार्यक्रममा नेपाली भाषामै प्रश्न उत्तर गर्न सकिने बताए । भिषा तथा सामाजिक बिमाका जानकार साईतो कुमिले सम्बन्धित विषयहरुमा जानकारी दिनेछन् भने ति जानकारीहरुलाई अनुवादक मार्फत नेपालीमा अनुवाद गरिनेछ । त्यसैले भाषा कम जान्ने तथा नजान्नेहरुले पनि कार्यक्रममा सहभागी भई लाभ लिन सक्नेछन् ।
निःशुल्क सहभागी हुन सकिने यस कार्यक्रम मार्च २६ तारिख आईतबार दिउँसो १ बजेबाट ४ बजेसम्म टिकेपी सिमबासी सिओदोमे बिजनेस सेनेटरमा आयोजना हुनेछ।