शुक्रबार, चैत १६, २०८०

गायक राजु लामा संगीतिक कार्यक्रम सम्पन्न,सांगितिक टोलीलाई विदाई

चसिला तामाङ्,टोकियो ।  सडक बालबालिकाको शिक्षा र स्वास्थमा सहयोग गर्ने उद्देश्यले जापानको राजधानी टोकियोमा आईतबार काभ्रेली समाज जापानले गोल्डेन वीक विथ राजु लामा संगीतिक कार्यक्रम सम्पन्न भब्य रूपमा सम्पन्न भएको छ ।
यो बिशेष कार्यक्रमको प्रमुख अतिथि गैरआवसीय नेपाली संघ केन्द्रीय उपाध्यक्ष भबन भट्ट,बिशेष अतिथि द्वय काभ्रेली समाजको संरक्षक तथा सफल व्यवसायी भुवन अधिकारी,आदिबासी जनजाति महासंघ,जापानको अध्यक्ष पासाङ शेर्पा,पत्रकार महासंघ जापानको अध्यक्ष मोहन घले र काभ्रेली समाजको अध्यक्ष मेख लामाले संयुक्त रुपमा रिबन काटेर उद्घघटन गरेका थिए ।

काभ्रेली समाज जापानका अध्यक्ष मेख बहादुर लामाको सभाप्तित्वमा सम्पन्न कार्यक्रमको पहिलो औपचारिक कार्यक्रमको संचालन रूपक लामा र दोश्रो अनौपचारिक कार्यक्रम शिक्षा शान्ति लामाले संचालन गरेको थिए ।

राजधानी टोकियोको मेगुरो कुमिन सेन्टरमा आयोजित लाईभ कन्सर्टमा गायक राजु लामाले आफ्ना करिव एक दर्जन नयाँ पुराना गित गाउँदा उपस्थित दर्शकहरुले नाचगान गरेर भरपुर मनोरञ्जन लिएका थिए । मंगोलियन हर्ट व्याण्डका सदस्यहरुसहित उपस्थित भएका गायक लामासँगै उनका फ्यान तथा सयौं युवायुवतीहरुले नाचगान सहित रमाइलो गरेका थिए । साथमा लोक दोहोरी, सेलो नृत्य, डिजे सेसन अनि नौलो प्रयोग जापानिज ग्रूपको बेलिडान्स समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको बिभिन्न अनलाईनहरूको साथै नेपाको काभ्रेस्थित रेडियो नमोबुद्ध एफ.एम. १०६.७ मेगाहर्जले अनलाईन मार्फ़त प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।
यसैबिच आयोजक संस्था काभ्रेली समाजले कार्यक्रम भव्य र सभ्य रुपमा सफल भएको भन्दै प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरेको छ । संस्थाका अध्यक्ष मेख वाईबा तामागंले कार्यसमितिका संरक्षक श्री भुवन अधिकारी तथा कपिलदेव थापा,प्रमुख सल्लाहकार, सल्लाहकार र सदस्यहरूलाई कार्यक्रम सफल बनाउन गरेको सहयोगको लागि धन्यवाद व्यक्त गरेका छन् ।

आगामी दिनहरूमा पनि यही किसिमको माया र साथ पाउने विश्वास व्यक्त गरेको आयोजक संस्था काभ्रेली समाजले आज (सोमबार)गायक राजु लामाको बिदाइमा रात्री भोजको आयोजना गरेको थियो ।IMG_9487 IMG_9488 IMG_9489
राजधानी टोकियोको सिनओकुबोमा रहेको नमस्ते गित गजल रेष्टुरेण्टमा साँझ ५ बजेबाट ११ बजेसम्म बिदाई पार्टी आयोजना गरिएको सो कार्यक्रममा समाजले गायक राजु लामा लगायत कार्यक्रमलाई सफल पर्न सहयोग गर्ने अन्य कलाकारहरू,ईभेन्ट पार्ट्नर,प्लटिनियम पार्ट्नर,प्रयोजक,सपोर्टर,र मिडिया पार्ट्नर सबैलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
आयोजक संस्था काभ्रेली समाजले लोकप्रिय कलाकार गायक राजु लामाको बिदाई पार्टीमा उपस्थित हुने सबैमा बिशेष धान्यबाद ज्ञापन समेत गरेको छ ।