बिहिबार, बैशाख ०६, २०८१

पत्रकार महासंघ जापान शाखाको १२औं वार्षिक उत्सव कार्यक्रमको तयारी पुरा

जापान । नेपाली पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघ जापान शाखाले १२औं वार्षिक उत्सव कार्यक्रमको तयारी पुरा भएको छ ।

नेपाल पत्रकार महासंघ जापानले १२ वर्ष पुरा गरि १३ वर्ष लागेको अवसरमा वार्षिकोत्सवको अवसरमा १२ वर्षअघि संस्था स्थापना गर्न योगदान गर्ने संस्थापकहरुलाई मायाको चिनो प्रदान गरि सम्मान गर्ने भएको हो ।
पत्रकार महासंघ जापान शाखा सन् २०११ मार्च १३ मा जापानको राजधानी टोकियोमा पत्रकार तिलक मल्ल सभापतित्वमा स्थापना भएको थियो । सो स्थापनाको अवसरमा यस वर्ष पत्रकार महासंघ जापान शाखाले जापानमा रहेका सबै पत्रकार र नेपाली दूतावास, एनआरएनए र विभिन्न नेपाली संघ-संस्थाको नेतृत्वलाई निमन्त्रणा गरि यही मार्च महिनाको १२ तारिख टोकियोमा शुभकामना आदान-प्रदान तथा संस्थापकहरुलाई सम्मान कार्यक्रम राखेको महासंघका अध्यक्ष शान्त पहरीले जानकारी दिनुभयो।
पत्रकार महासंघ जापानले गत नियमित बैठकले स्थापना दिवस भव्य रूपमा मनाउने निर्णय गरेकोले सोहि अनुसार पत्राचार र अन्य तयारी पुरा भएको संस्थाका सचिव राजन गौतमले बताउनु भयो ।

उक्त स्थापना दिवस गोतान्दा स्टेशनबाट २ मिनेट हिडेर माया हलमा मार्च १२ को दिउँसो ठीक २ बजेबाट सुरु हुने भएकोले समयमैं उपस्थिति भईदिन सम्पूर्णलाई पत्रकार महासंघ जापानले अपिल गरेको छ ।