बिहिबार, बैशाख १३, २०८१

गृहमन्त्रीद्वारा राजीनामा,राप्रपा पनि छोड्ने तरखरमा

काठमाडौं,१८ बैशाख ।  उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उक्त निर्णय प्रतिआपत्ति जनाउँदै पदबाट राजीनामा दिएका छन्।

पार्टी नेतृत्वले आफ्नो मन्त्रालय मातहतको प्रहरी प्रमुख नियुक्तिको प्रकरणलाई लिएर प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध जुन महाअभियोग प्रस्ताव दर्ता गरिएको छ त्यस सन्दर्भमा आफूसँग कुनै छलफल नगरेकोमा आपत्ति जनाउँदै उनले राजीनामा दिएका हुन् ।

न्यायिक स्वतन्त्रतामाथि गम्भीर आक्रमण : थापा

raprapa प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सत्तारुढ नेपाली कांग्रेस तथा माओवादी केन्द्रले महाअभियोग दर्ता गरेकोमा त्यसलाई सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विरोध गरेका छन्।

महाअभियोग दर्ताको केही समयपछि नै उपप्रधान तथा स्थानीय विकास मन्त्रीसमेत रहेका थापाले ट्विटरमार्फत् आफ्नो विरोध अभिव्यक्त गरेका हुन्। ‘प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध कांग्रेस/माओवादीले महाअभियोग दर्ता गर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण,’ उनले भनेका छन्, ‘न्यायिक स्वतन्त्रतामाथि गम्भीर आक्रमण।