शुक्रबार, बैशाख ०७, २०८१

निर्वाचनको विषयलाई लिएर सत्तारुढ दलभित्रै मतभेद सुरु

काठमाडौं,१७ बैशाख । सरकारले व्यवस्थापिका संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक र स्थानीय तह निर्वाचनको विषयलाई लिएर सत्तारुढ दलभित्रै मतभेद सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी र संविधानप्रति असन्तुष्ट मधेसी मोर्चालाई मनाउने कसरतमा रहेको सरकारका दुई घटक कांग्रेस र नेकपा माओवादी केन्द्रबीच शनिबारबाट अचानक स्थानीय तह निर्वाचनपछि सत्ता हस्तान्तरणको विषयले प्राथमिकता पाउँदा ती दलबीच मतभेद बढेको हो ।

संविधान संशोधन विकेयकलाई पारित गर्न विभिन्न विकल्पमा छलफलमा जुटेका प्रधानमन्त्री प्रचण्ड र काग्रेस सभापति देउवाबीच शनिबार साँझ विधेयक पारित गराई दुई चरणको घोषित निर्वाचन गराउने विषयभन्दा सत्ता हस्तान्तरण प्राथमिकतामा परेपछि दुई नेताबीच भनाभनसमेत भएको स्रोतले जनाएको छ । @राजधानी दैनिक