शुक्रबार, बैशाख ०७, २०८१

धादिङ समाज जापानको शुभकामना तथा म्यूज़िक भिडियो सार्वजनिक कार्यक्रम सम्पन्न

टोकियो,१६ वैशाख । धादिङ समाज जापानद्वारा नयाँ वर्ष शुभकामना आदनप्रदान तथा म्यूज़िक भिडियो सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ ।

आज शनिवार टोकियोमा उक्त शुभकामना आदनप्रदान तथा म्यूज़िक भिडियो सार्वजनिक कार्यक्रम सम्पन्न हो ।
समाजका अध्यक्ष,कृष्ण खनालको सभापतित्व तथा जापानकालागि नेपाली पर्यटन दुत अनुज थापाको विशेष आतिथ्य रहेको कार्यक्रममा ,पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले,एनआरएनए जापानका सल्लाहकार शालिकराम भण्डारी,एनआरएन जापानका सचिव बुद्दिराज घिमिरे,प्रवासी मञ्च जापानकी सचिव जीवन अर्याल ,प्रवासी मञ्च जापान कान्तो कमिटीका अध्यक्ष सुजन पन्त,युनिभर्सल एण्ड युनाइटेड नेप्लीज फेडेरेसन जापानका अध्यक्ष सिदार्थ श्रेष्ठ ,धादिङ समाज जापानका सल्लाहकार राजेन्द्र श्रेष्ठ,पाल्पा समाज का अध्यक्ष नीराजन गैरे लगायत जापानवासी धादिङेहरुको बाक्लो उपस्थिति रहेको थियो ।

शीतलको ‘प्रदेशी’ बोलको म्यूज़िक भिडियो सार्वजनिक
धादिङ्का सञ्चार तथा संगितकर्मी श्याम शीतलको नयाँ साँगितिक सिर्जना ‘प्रदेशी’ बोलको म्यूज़िक भिडियोको सार्वजनिक भएको छ । केहि वर्ष देखि जापानमा रहँदै आएका शीतलको गीतमा आम प्रदेशीहरुको पिडा र यथार्थहरु समेटिएको छ । उनका एक दर्जनभन्दा बढी लोकप्रिय गितहरु यो भन्दा अगाडीनै बजारमा आईसकेका छन् ।

धादिङ्का सञ्चार कर्मी तथा संगितकर्मी श्याम शीतलको नयाँ साँगितिक सिर्जना ‘प्रदेशी’ बोलको म्यूज़िक भिडियोको सार्वजनिक

भिंडियों

तस्विर : राजन गौतम