शुक्रबार, चैत १६, २०८०

तेक्वान्दो खेलाडीलाई कानागावा नेपाली समुदायले सम्मान गरी विदाई

शान्त पहरी,टोकियो,१६ वैशाख । कानागावा नेपाली समुदाय जापानले नेप्लिज तेक्वान्दो एकेडेमीका खेलाडीहरुलाई स्वागत तथा सम्मान गरी विदाई गरेको छ ।
योकोहमाको स्पाइस गार्डेन रेस्टुरेण्ट्र्मा शुक्रवार एक कार्यक्रम आयोजना गरि नेपाली खेलाडीहरुलाइ सम्मान गरेको हो । सो कार्यक्रममा व्यावसाय गर्दै आऊनु भएका नेप्लिज तेक्वान्दो जापान च्यप्टरका अध्यक्ष सिदार्थ श्रेष्ठले राज्यले तेक्वान्दो खेललाई पनी सहयोग गर्नु पर्ने औलाउदै प्रवासबाट सक्दो सहयोग गर्ने वचन दिनु भयो कार्यक्रममा प्रशिक्षक अशोक खड्काले नेपालको तेक्वान्दो खेलले अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको इज्जत राख्न सफल भए पनि पूर्वाधार बिकास गर्नु पर्नेमा जोड दिए । यस प्रतियोगितामा नेपालको तर्फबाट बिबेक श्रेष्ठ, प्रजुंन कुईकेलले स्वर्ण, तिलक लामाले रजक, प्रगति कुइकेलले कास्य पदक प्राप्त प्राप्त गरेका थिए ।
कानागवा नेपाली समुदायको अध्यक्ष हरि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएनए उपाध्यक्ष देवीलाल भण्डारी , महासचिव अनुज थापा,पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले लगाएत कानागावावासीको उपस्थितिमा सचिब राजेन्द्र श्रेष्ठले कार्यक्रम संचालन गरी सम्पन्न भयो । खेलाडिसहित प्रशिक्षिक्को टोली शनिवार बिहान नेपाल फर्केको छ ।  spaisa3 spaisa4