शनिबार, बैशाख ०८, २०८१

छक्का पञ्जा ४ टोकियो शो को टिकट अनलाईन बुकिगं गर्न सकिने

टोकियो । नेपालमा आगामी फागुन १९ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘छक्का पञ्जा ४’को पहिलो गीत दर्शन सलाम सार्वजनिक भएको छ ।

लोक शैलीको ‘दर्शन सलाम’ बोलको गीतमा डेभिड शंकर र सहिमा श्रेष्ठको स्वर रहेको छ । जसमा राजेन्द्र थापाको शब्द रचना र दीपक शर्माले संगीत भरेका छन् ।

राजनीतिक मुद्दा समेटिएको अनुमान गर्न सकिने चलचित्रको गीत चुनावको पृष्ठभूमिमा तयार पारिएको देखिन्छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी गरेका छन् ।

हेमराज विसी निर्देशित चत्रलचिमा दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा, केदार घिमिरे, बुद्धि तामाङ, राज आचार्यका साथमा अभिनेत्री स्वस्तिमा खड्काले गीतमा नृत्य गरेका छन् ।

गीतमार्फत् दीपकराजको चरित्र चित्रण समेत गरिएको छ । गीतमा उनको बग्रेल्ती स्ट्याचुहरु राखिएका छन् भने एकिकृत निष्पक्ष दलबाट सूर्केथैली चिन्ह लिएर उनले चुनाव लडेको बुझिन्छ ।

‘छक्का पञ्जा’ सिरिजका हरेक गीतहरु लोकप्रियर रहेका छन् । जसले गर्दा दीपक दीपाको समुहलाई चौंथो सिरिजको गीत पनि उत्कृष्ट बनाउनुपर्ने दबाब रहेको थियो । जसअनुरुप ‘दर्शन सलाम’ गीतलाई स्तरीय बनाउन अडियो र भिडियोमा मिहिनेत गरिएको छ ।

गीतका शब्दहरु जिब्रोमा झुन्डिने खालका छन् । संगीत पक्ष सशक्त छ । फिल्मको हाइप निर्माण गर्न यो गीतले ठूलो भूमिका खेल्न सक्ने देखिन्छ ।

नेताको भूमिकामा रहेका दीपकले गीतको अन्तिममा मतमेटिका र निर्वाचन अधिकृतलाई कब्जा गरेको दृश्य समावेश छ, जसले नेपालका राजनीतिज्ञप्रति व्यंग गरेको छ ।

फिल्मको पटकथा तथा संवाद दीपकराज गिरीले तयार पारेका हुन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, निमेष श्रेष्ठको सम्पादन छ ।

टोकियो शो को टिकट अनलाईन बुकिगं गर्न सकिने
जापानमा नेपाली चलचित्रहरुले गरेको अहिलेसम्मकै धेरै शो गर्न लागेको छक्का पञ्जा ४ चलचित्र प्रदर्शन आयोजकले राजधानी टोकियोको लागि अनलाईन टिकट बुकिगं खुला गरेको जनाएको छ ।

चलचित्र छक्का पञ्जाले जापानको तीन दर्शन शहरहरुमा प्रदर्शन गर्न लागेको चलचित्र वितरण गर्दै आएको आन्भि ईन्टरटेनमेन्टका पवन क्षेत्रीले जानकारी दिनुभयो ।

टोकियोमा मार्च १२ तारिख पर्सिमन हल मेगुरोमा प्रदर्शन हुन लागेको चलचित्रको अनलाईन अग्रिम टिकट बुकिगं खुला गरिएको क्षेत्रीको भनाई छ ।

तपाईं पनि टोकियोमा मार्च १२ तारिख चलचित्र छक्का पञ्चा ४ हेर्ने सोच र योजनामा हुनुहुन्छ भने तलको लिंक मार्फत अग्रिम टिकट बुकिगं गराउन सक्नुहुन्छ ।

https://bit.ly/3HoqRk7