शुक्रबार, बैशाख ०७, २०८१

गल्कोट स्पोर्ट्स क्लव टोकियोले ८औं खुल्ला पुरुष सिल्भर रनिङ प्रतियोगिता गर्ने

जापान । गल्कोट स्पोर्ट्स क्लव टोकियोको आयोजनामा आठौ खुल्ला पुरुष सिल्भर रनिङ प्रतियोगिता हुने भएको छ।
“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुख्य मान्यताका साथ नेपाली नयाँ वर्षको अवसरमा क्लबले नियमित रूपमा गर्दै आएको प्रतियोगितालाई निरन्तरता दिदै आठौ संस्करण यहि आउदो अप्रिल १० तारिकमा कामाताको स्पोटर्स हलमा हुन गरिन लागेको अध्यक्ष डिलाराम निउरेले जानकारी दिए ।
“जापानमा रहेर पनि नेपालको राष्ट्रिय खेल भलिबलको संरक्षण सम्वर्द्दन, विकास र प्रवासमा रहेका खेलाड़ीहरूलाई क्रियाशील बनाईराख्नको लागि क्लबले आफ्नो स्थापनाकालदेखि भलिबल प्रतियोगितालाई निरन्तरता दिइरहेको र त्यसैको निरन्तरतामा अप्रिल १० मा गरिन लागिएको हो ।” अध्यक्ष निउरेले बताए ।
पछिल्लो समय जापानमा भलिबल खेलका प्रतियोगिता संचालनप्रति चासो कमि हुँदै आइरहेको र संघसंस्थाद्वारा खेलकुदका गतिविधि हुन नसकिरहेको अवस्थामा क्लबले प्रतियोगिताको तय गरिएको महासचिव हिमाल कडेलले बताए ।
“हाम्रो आठौ प्रतियोगिताको पुरस्कार राशी, खेलाडी सङ्ख्या लगायत अन्य विषयमा हामी छिट्टै टुङ्गो लगाउनेछौ।” महासचिव कंडेलले भने- जापानमा रहेका भलिबल खेलप्रति चासो राख्ने संघ सस्थालाई प्रतियोगितामा सहभागीताको लागि अनुरोध समेत गर्दछौ ।
जापानमा स्थापना कालदेखि निरन्तर भलिबल प्रतियोगिता गराउने गल्कोट स्पोर्ट्स क्लव पहिलो संस्था हो।