बुधबार, माघ १८, २०७९

बुद्धशान्ति पार्कमा हुने ल्होछार सांस्कृतिक कार्यक्रमकाे तयारी पूरा

हेटाैंडा। मनहरीमा २८५९ ह्योई/तावार ल्हो (बिरालो बर्ग) सोनम ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

तामाङ पत्रकार संघ मकवानपुर,ल्होछार मेला आयोजक मुल समारोह समिति र सांगे छ्योइफेल गुम्बाको संयुक्त आयोजना मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित बुद्धशान्ति पार्क परिसरमा आगामी माघ ८ गते ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको हाे ।

मंगलबार पत्रकार सम्मेलन गरी पत्रकार संघका अध्यक्ष जयराम मोक्तानले ल्होछार सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

कार्यक्रममा तामाङ कलाकारहरुको गायन, नृत्य, तामाङ भेषभुषा र खानाका स्टलहरु र तामाङ संस्कृति र ल्होछार पर्वको सन्देशमुलक प्रवचन रहने उनले बताए। यसैगरी, कार्यक्रममा कलाकारहरु हरी योञ्जन, सुन्दर लामा, रविन कुमार चेपाङ, प्रकाश तामाङ र उर्मिला प्रजाले प्रस्तुति दिने अध्यक्ष तामाङले जानकारी दिए । यस्तै,८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिने उनले बताए ।

ल्होछार मेला आयोजक मुल समारोह समितिका संयोजक सुरेश मुक्तानले तामाङ जातिको संस्कार संस्कृति, भेषभुषा र भाषाको संरक्षणका लागि ल्होछार पर्व मनाउन लागिएको बताए । ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता तथा तामाङ समुदायबीच जागरण ल्याउन उक्त कार्यक्रमले सहयोग पुग्ने उनकाे दावी छ ।

यसैगरी,तामाङ पत्रकार संघ बागमती प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र तामाङले तामाङ समुदाय सांस्कृतिक संघर्ष कै क्रममा रहेको बताए । भाषा र भेषभुषाले राष्ट्रिय मान्यता नपाइरहेको अवस्थामा सांकृतिक पहिचानबारे उठन गर्न यस्ता कार्यक्रम जरुरी रहेको उनी बताउँछन् ।

%d bloggers like this: