शुक्रबार, बैशाख ०७, २०८१

नेफिन जापान साँस्कृतिक साँझ २०२३ को तयारी पुरा, राजेश पायल राईले भरपुर मनोरञ्जन गराउने

टोकियो । नेपालको राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग प्रदान गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासंघ नेफिन जापानले टोकियो र चिवामा आयोजना गर्ने नेफिन जापान साँस्कृतिक साँझ २०२३ को तयारी पुरा गरेको छ ।
बुधबार टोकियोकि रातोमाटोमा पत्रकार सम्मेलन गरेर कार्यक्रमको चर्चित तथा लोकप्रिय गायक राजेश पायल राईको जापान टुर २०२३ को टोकियोमा हुने कार्यक्रमको सम्पुर्ण तयारी सकिएको जानकारी गराईएको हो ।

आयोजक नेफिन जापानले गायक राजेश पायल राई सहितको पत्रकार सम्मेलन आयोजना गरि कार्यक्रम तयारी सकिएको अध्यक्ष संजीब राईले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा राई ईज किंग तथा यो यो को उपनामले समेत लोकप्रिय गायक राईले यहि १४ तारिख चिबा र १५ तारिख टोकियोमा हुने कार्यक्रममा सहभागी हुन सम्पुर्ण जापानबासी नेपालीहरुमा अनुरोध पनि गरेका छन । उनले गितसंगीतको माध्यमबाट नेपाल निर्माणमा सहयोग गरिने भएकाले पनि मनोरन्जनसंगै सेवाकर्मको लागि पनि सबैलाई चुले निम्तो भन्दै सहभागीताका लागि अनुरोध गरेका छन् ।

नेफिन अध्यक्ष राईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम नेफिनका पदाधिकारीहरुसंगै,जापानका अन्य विभिन्न सामाजिक व्यक्तित्वहरुसंगै राईसंगै जापान टुरमा रहेका सबिना योङ्हाङ र समृद्धि परियारको उपस्थिति रहेको थियो।
त्यसै गरि कार्यक्रमका संयोजक थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धी गौचनले सबैलाई स्वागत गर्दै यस पुण्य काममा सहभागि भई मनोरंजन र पुण्य कमाउन सबैलाई अनुरोध गर्नु भयो । पत्रकार सम्मेलनमा बोल्दै नेफिन जापानका पूर्वअध्यक्ष हालका सल्लाहकार, एनआरएनए आइसीसी उप-महासचिव ओम गुरुङले राजेश पायल राईले नेफिन जापानको पुण्य कामलाई साथ दिएको मा धन्यवाद दिदै जापानवासी सबै नेपालीको कार्यक्रम भएकोले सहभागि हुन अपिल गर्नु भयो ।