बिहिबार, बैशाख ०६, २०८१

नेपाली चलचित्र छड्के २ जापानमा २० बढी शहरमा प्रदर्शन हुने : के कबड्डीको रेकर्ड तोड्ला ?

जापान । नेपाली फिल्म प्रेमीका लागि कबड्डी र प्रेम गीत ३ पछि जापानको बिग रिलिज छड्के २ हुने भएको छ ।
टोकियोमा मार्च ५ तारिख आइतबारको दिन नाकानो जेरो हलमा छड्के २ को शो हुने भएको छ ।
टोकियोसंगै फ़ुकुओक,ओसाका, नागोया गुन्मा, सिजुओका, फुकुयामा, सेन्दाई, चिवा सहित २० शहरमा फिल्मको शो हुने जापान राइट्स लिएका सचिन आचार्यले जानकारी दिए ।
सम्भवत यो कबड्डी ४ कै तुलनामा जापानमा प्रदर्शन हुने उनि बताउछन कबड्डी ४ कुल २२ ठाउँमा प्रदर्शन भएको थियो सिनेमाको ट्रेलर नै न आउदै जापान भर सिनेमाको मागले सचिन खुसि छन् ।
म सिनेमा प्रेमी हु नेपाली सिनेमा धेरै भन्दा धेरै जापानका नेपाली माझ पुगोस भन्ने चाहना पनि छ त्यसैले मेरो एफ्फोर्ट्स सानो भन्दा सानो जमात सम्म छड्के २ पुगोस भन्ने नै हो उनले भने ।
यो बिचमा जापानमा आधा दर्जन सिनेमा प्रदर्शन भए तर ति कहाँ कहिले भए कसैलाई अत्तो पत्तो छैन तर छड्के प्रति दर्शन उत्साहित देखिन्छन् सिनेमाको आउट अफ टोक्योको बिक्रिले पनि यो कुरालाइ पुस्टि गरेको सचिनले बताए ।
अब हेर्न चाहि यो बाकि छ कि हालमा दर्शक चाहि कति उपस्थित हुन्छन ?
अनमोल केसीको ग्यांग स्टार अवतारमा रबिन तामाङले पनि छड्केमा देखिएका छन् ।