शुक्रबार, बैशाख ०७, २०८१

जापानबाट गायिका शर्मिला तामाङको ‘घट्ट त घुम्ने’ गीत सार्वजनिक

टोकियो । जापानलाई कर्मभूमि बनाई बस्नु भएकी गायिका शर्मिला तामाङले सांगीतिक बजारमा नयाँ गीत सार्वजनिक गर्नु भएको छ ।
गायिका तामाङको नयाँ गीत ‘घट्ट त घुम्ने’ नामको गीत बजारमा आएको हो ।
ल्होछार सम्बन्धि यस गीत आज शुक्रवारबाट बजारमा ल्याएको हो। उक्त गीतको शब्द/लय शर्मिला तामाङ्ले गरेकी छन् भने संगीत प्रकाश् तामाङ तितुङको रहेको छ भने अर्पण थिङ्ले मिक्सिंग एरेन्ज गरेका छन् गीतलाई सरगम स्तुडुयोले रेकड गरेको छ।

हेरुका लामाको निर्देशन,संचु थोकरको ड्रोन अनि क्यामराबाट तयार भएको भिडियोलाई बर्जको सम्पादन र शर्मिला सुनुवारको मेकअप रहेको छ । सो गीतको ग्रुपको लिडर एन्जल तामाङ्ले गरेका थिए भने गेस्ट आर्टिस्टमा असोक तामाङ रहेका थिए।

भिडियोमा हेरुका लामा र यान्गी दोङ्ग तामाङको अभिनय रहेको छ ।
शुक्रवारबाट शर्मिला तामाङको आफनै अफिसियल यूट्यूबबाट गीत बजारमा आएको छ ।
पुरा भिडियो ।