शुक्रबार, बैशाख ०७, २०८१

जापानमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाबारे सर्वेक्षण गरिदै (लिंक सहित)

टोकियो,१३  वैशाख । जापानमा रहेका नेपालीहरुको स्वास्थ्यमा देखिएको समस्या र निराकरण बारे खुल्ला सर्वेक्षण सुरु गरिएको छ।
नेपाल जापान डटकमले जापानवासी नेपालीहरुको पछिल्लो स्वास्थ्य अवस्था सहित समस्याको निराकरण विषयमा खुल्ला छलफल तथा समाधान केन्द्रित उपायका लागि पहल गर्न सर्वेक्षण सुरु गरिएको हो।
अनलार्इन र फोन सम्पर्क मार्फत गरिने सर्वेक्षणमा नेपाल सहित एसियाका अन्य विपन्न राष्ट्रका नागरिकलार्इ समेत समावेश गरिने तयारी गरिएको छ।सर्वेक्षणमा सहभागि हुन चाहनेहरुले तलकाे लिंकमा आफनो व्यक्तिगत विवरण सहित जापान बसार्इ जापानमा विरामी परेको नपरेको र अस्पताल भर्ना भएको नभएको विषयलार्इ मात्र प्रारम्भिक रुपमा समेटन खोजिएको छ।
लिंकबाट फ़र्म भरि सहयोग गरिदिनु हुन सबैमा बिनम्र अनुरोध गरिन्छ।