बुधबार, बैशाख १२, २०८१

सिके राउतले कांग्रेससँग संघीय र प्रदेश सरकारमा सहकार्य गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतबीच भेटवार्ता भएको छ ।

बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको कांग्रेसका नेता विमलेन्द्र निधिले जानकारी दिएका छन् । भेटमा गठबन्धनको सरकारमा संघ प्रदेशमा जनमत पार्टी पनि सहभागी हुने सहमति भएको निधिले जानकारी दिए ।

उनले भने, ‘दुबै जनामा सकारात्मक र परिणाममुलक वार्ता भएको छ । गठबन्धन र काँग्रेससँग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ ।’