बिहिबार, चैत १५, २०८०

खानागावा नेपाली कम्यूनिटीद्वारा ६ सय घरबार बिहिन जापानीलाई नि-शुल्क खाना खुवाए

जापान । कानागावा नेपाली कम्यूनिटीद्वारा ६ सय घरबार बिहिन जापानीलाई नि-शुल्क खाना खुवाएको छ ।
जापानमा कानागावा नेपाली कम्यूनिटीले स्थापना कालदेखी जापान सरकारको संरक्षणमा रहेको घरबार बिहिन जापानी नागरिकलाई हरेक बर्ष नेपाली खाना खुवाउदै आएको छ।
कार्यक्रमको प्रमुख उद्देश्य भनेको नेपाल जापानको मैत्री सम्बन्ध क़ायम राख्न र आत्मियता र भावनात्मक रूपमा दुई देशको सम्बन्ध अझ प्रागढ राख्नको लागि थोरै भएपनि मद्दत गरोस भन्ने रहेको संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनु भयो।

कार्यक्रमलाई निरन्तरता दिदै हिजो योकोहमा शहरमा एकल असहाय जापान सरकारको मातहातमा रहेका ६०० सय जापानिज नागरिकलाई खाना खुवाउने काम सम्पन्न भएको छ।हिजो नै कावागावा नेपाली कम्यूनिटीको सहयोग मा चितवन स्थित देबघाट आश्रम मा पनि खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ।नेपालमा खाना खुवाउने कार्यक्रमको संयोजन कानागावा नेपाली कम्यूनिटीका बरिष्ठ उपाध्यक्ष यामकान्त कंडेलले गर्नु भएको थियो।यस कार्यक्रममा एनआरएनए जापानका महासचिब तथा कानागावा नेपाली कम्यूनिटीका सल्लाहकार सिद्धार्थ श्रेष्ठ, कानागावा नेपाली कम्यूनिटीका संरक्षक जिज्ञान कुमार थापा,सल्लाहकार तथा निबर्तमान अध्यक्ष हरि सापकोटा,सल्लाहकारहरू लोकनाथ वस्ती, मनिष अमात्य, प्रकाश पौडेल, किरण पोखरेल लगायत कार्यसमितिका ज़िम्मेवार पदाधिकारी एवं सदस्यहरूको उपस्थिती रहेको थियो।

अध्यक्ष राजेन्द्र श्रेष्ठले सहयोगी सम्पुर्णलाई धन्यबाद ब्यक्त गरेका थिए भने संचालन सचिब सुशील तिवारी ले गरेका थिए