शुक्रबार, चैत १६, २०८०

नेपालमा लगानी भित्राउन जापानी कम्पनीहरुको सहभागितामा बिजिनेस सेमिनार सम्पन्न

जापान । जापान नेपाल चेम्बर अफ कमर्श र नेपाल चेम्बर अफ कमर्श, टोक्योको आयोजनामा नेपाल बिजिनेस सेमिनार २०२२ सम्पन्न भएको छ ❘

नेपालमा विदेशी लगानी भित्राउने उद्देश्यले लगानी गर्न चाहने ४० भन्दा बढी जापानी कम्पनीहरुको सहभागितामा दुई देशबीचको व्यापारलाई कसरी अघि बढाउने भन्ने विषयमा नोभेम्बर १८ मा बिजोनेस सेमिनार गरेको हो ।

सेमिनारमा प्रमुख अतिथि राजदुत डा.दुर्गा बहादुर सुबेदीले नेपालमा हाइड्रोपावर, पर्यटन ,शिक्षा, स्वास्थ्य, बैंकिङ्ग, सूचना जैविक प्रविधि, मिनरल वाटर लगायत विविध सेक्टरमा लगानी सम्भाम्वना रहेको बताउँदै जापानिज कम्पनीहरुले नेपालमा लगानी गर्नलाई नेपाल सरकार तथा राजदुताबासले जुनसुकै तरिकाले सहयोग गर्ने र दुई देशबीच आर्थिक विकाशमा टेवा पुर्याउन तत्पर रहेको प्रस्ट पारेका छन् ।

कार्यकममा जापानको पूर्वमन्त्री तथा वर्तमान सांसद हिरोगुची हिरोसिले यस्ता खालको सिमिनारले दुई देश बीच आर्थिक विकासको परिणाम ल्याउन सक्ने बताउँर्दै दुवै देशबीच अझ बढी सम्बन्ध गाढा हुने विश्वास व्यक्त गरे । यस्तै, सेमिनारमा जापान बाह्य व्यापार संगठन जेत्रोको उप–अध्यक्ष खाज़ुया नकाजोले नेपाल संग जापानको व्यापार बढाउने र लगानी गर्ने अवसर हुनु भनेको दुवै देशको लागि अर्थपूर्ण हुने विचार व्यक्त गरेका छन् । नेपालमा विदेशी लगानी भित्राउने कुरा राम्रो भएको यद्यपी नेपाल जापान दुवै सरकारले लचिलो भएर एक आपसकोको लगानीलाई बढावा दिन पर्ने जापान नेपाल सोसोईतीको अध्यक्ष एवम नेपालको लागि जापानको पुर्व राजदुत कोजिमा मिचुआकी बताउँछन् ।

यसै क्रममा नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालमा जापानको लगानी कम्पनि कम्पनिबीच र सरकार सरकारबीच जुन सुकै रुपमा गर्न तयार भएको र नेपालमा हाइड्रो पावर , मिनरल वाटर, पर्यटन, खनिज ,हर्ब्स, बैंकिङ्ग उद्योग लगायतमा लगानी गर्न आह्वान गरे ।

सेमिनारमा विश्व बैंक,संयुक्त राष्ट्र खाद्य र कृषि संगठनमा पुर्व कार्यरत अर्थशास्त्री डा.यानागीसिमा कोजी, इमाराकी विश्वविद्यालयको प्रोफेसर डा।नाकागावा मिचुहिरो र अन्तर्राष्ट्रिय अधिवक्ता डा।बलराम श्रेष्ठले अनुसन्धान गरि तयार पारिएको नेपाल र जापानबीच आर्थिक लगानीको सम्भावना सोधपत्र प्रस्तुत गरिएको थियो भने टोक्यो कृषि विश्वविद्यालयको अनुसन्धान कर्ता डा।योगेन्द्र घर्ति मगरले नेपालमा आधुनिक कृषी व्यवसायमा जापानले लगानी गर्न सक्ने विषयमा शोधपत्र प्रस्तुत गरेका थिए ।

जापानको भुमि, पुर्वधार,यातायात तथा पर्यटन मन्त्रि साइतो तेचुओले नेपाल बिजनेस सेमिनारको सफलता र दुइ देशबीच आउदो दिनहरुमा अझ बढी प्रगाढ सम्बन्ध कायम राक्ने पत्र प्रेसित गरि कार्यक्रमको सफताको कामना गरेका थिए । विगत १२ वर्ष देखि निरन्तर जापानको विभिन्न शहरहरुमा केन्द्रित रहेर नेपालमा विदेशी लगानी भित्र्याउन यस संस्थाले जापानिज लगानीकर्ताहरुलाई संयोजन गरिरहेको छ ❘ हालसम्म जापानमा ७ वटा औपचारिक बिजिनेस सेमिनारहरु र ५० वटा भन्दा बढी अनौपचारिक बिजिनेस सेमिनारहरु सम्पन्न गरिएको छ भने नेपाल जापान ६० औ वर्ष गाठको अवसरमा २०१६ मा काठमाडौँको भृकुटी मण्डपमा जापान विशेष केन्द्रित गरेर व्यापार मेला सम्पन्न गरिएको छ ।

सेमिनारमा संस्थाको अध्यक्षता गर्दै ड़ा.बलराम श्रेष्ठले विश्वशान्ति कायम गर्ने आर्थिक सबलतालाई स्थान दिनुपर्ने बताउँदै हरेक लगानी कर्ताले कम्पनि मार्फत आर्थिक गतिलाई गतिसिल बनाउन सके रोजगार र आर्थिक समस्या समाधान हुदै जाने र आर्थिक सम्बृद्धीले समाज अनि राष्ट्र शान्त र सु –संस्कृत बन्दै जाने हुनाले जापानको कम्पनीहरुलाइ नेपालमा लगानी गरि दुइ देश बिचको आथिक विकासमा महत्वपूर्ण काम गर्न आह्वान गरेका छन् ।