शुक्रबार, बैशाख ०७, २०८१

जापानमा हुने राजु लामा सांगितिक साँझ अन्तिम चरणमा

चसिला तामाङ, ६ बैशाख । जापानमा रहेका काभ्रेलीहरुको साझा सामाजिक संस्था काभ्रेली समाज, जापानले राजु लामा लाईभ सांगितिक साँझ कार्यक्रम अन्तिम चरणमा पुगेको छ ।

यहि अप्रिल ३० आइतबार टोकियोमा हुने सो साँझको तयारी अन्तिम चरणमा रहेको समाजको अध्यक्ष मेख लामाले बताउनुभएको छ |
विशुद्ध सामाजिक सेवा गर्ने उदेश्यले २०१६ सेप्टेम्बर ४ मा स्थापना भएको काभ्रेली समाज जापानले छोटो समय मै विभिन्न क्षेत्रहरुमा सामाजिक सेवाहरु प्रदान गर्दै आएको छ । जापानमा हुने हरेक घटनाहरूमा सक्दो आर्थिक सहयोगका साथै जापानमा बिभिन्न संघ संस्थासंग समन्वय समेत गर्दै आइरहेको छ । यसै क्रमसंगै यहि आउँदो अप्रिल ३० आइतबार गोल्डेन वीकको पावन अवसरमा सडक बालबालिकाहरुको शिक्षा र स्वास्थ्यको सहयोगार्थ राजु लामा लाईभ संस्कृतिक साँझ २०१७ कार्यक्रम को आयोजना गरेको हो जुन अन्तिम तयारीमा रहेको सामाजका संरक्षकद्वय भुवन अधिकारी र कपिलदेब थापाले जानकारी दिनु भएको छ ।

IMG_9377यस सांस्कृतिक कार्यक्रमको लागि अहिलेको चर्चित युबा गायक राजु लामा जापान आउने भएका छन् । यसको साथै जापान मै रहेका स्थानीय कलाकारहरूको बेजोड़ प्रस्तुति रहनेछ साथमा लोक दोहोरी,सेलो दोहोरी,बेली नृत्य र डिजे सेसन समेत रहने र यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भैसकेको समाजका सचिब रूपक तामाङले जानकारी दिएका छन् ।
टोक्योको मेगुरोस्थित कुमिन सेन्टर हलमा ३० तारिख दिनको ४ बजे बाट शुरु हुने कार्यक्रमको लागि जापानबासी सम्पूर्णलाई उपस्थित भई कार्यक्रम सफल परिदिन हुन आयोजक संस्था काभ्रेली समाज जापानले आग्रह समेत गरेका छन् ।