शनिबार, बैशाख ०८, २०८१

मधेसी मोर्चा सहभागी भए दुई चरणमा निर्वाचन : देउवा

झापा,६ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनम मधेसी मोर्चा पनि सहभागी हुने भए दुई चरणमा निर्वाचन गराउन सकिने बताएका छन् ।

मंगलबार झापाको कमल गाउँपालिकामा आयोजित प्रदेश नं. १ को आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘मोर्चा सहभागी हुने भए दुई चरणमा चुनाव गराउन पनि हामी तयार छौं । मुलुक चुनावको वातावरणमा होमिसकेको बताउँदै उनले देउवाले चुनावबाट भाग्दा मोर्चालाई नै घाटा हुने भन्दै निर्वाचनमा सहभागी हुन आग्रह गरे ।

मधेसी जनताले झन् बढी चुनावको तयारी गरिरहेको बताउँदै उनले प्रजातन्त्र र बहुदलीय व्यवस्था टिकाउन चुनावको विकल्प नभएको सभापति देउवाले बताए ।

सम्बोधनका क्रममा उनले संविधान संशोधन प्रस्ताव पारित गरेर अघि बढ्न पनि एमाले र मधेसी मोर्चालाई आग्रह गरेका छन् । सभालाई कांग्रेस नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायतले संबोधन गरेका थिए ।