शुक्रबार, चैत १६, २०८०

बाबुरामसहित संघीय गठवन्धनले संयुक्त आन्दोलन गर्दै,घोषणा आज हुने

काठमाडौं,३ वैशाख । मधेसी मोर्चासहितको संघीय गठवन्धन र डा. बाबुराम भट्टराई नेतृत्वको ६८ दलीय गठबन्धन संयुक्त आन्दोलन गर्न सैद्धान्तिक रुपमा सहमत भएका छन् ।

मधेसी मोर्चासहितको संघीय गठवन्धनले संविधान संशोधनको माग गर्दै आन्दोलन घोषणाको तयारी गरेको छ । उसले सम्भवतः  बैशाख ३१ को स्थानीय चुनावलाई लक्षित गरेर आन्दोलन घोषणा गर्नेछ ।

आगामी स्थानीय तहको चुनावमा भाग लिने तयारीमा रहेका ६८ दलले भने भट्टराई नेतृत्वको नया शक्ति पार्टी नेपालको अगुवाईमा दलीय चुनाव चिन्हको माग गर्दै शनिबारदेखि रिले अनसन सुरु गरेका छन् ।

शनिबार साँझ भट्टराईसहित मधेसी मोर्चाका नेताहरुबीच भएको छलफलमा संयुक्त आन्दोलन गर्ने समझदारी भएको छ । सम्भवत भोलि बेलुकासम्ममा संयुक्त वक्तव्य आउने रामसपाका महासचिव केशव झाले बताए ।

भट्टराईसहितको प्रस्तावको मधेसी मोर्चाका नेताहरु गठवन्धनको बैठक छोट्याएर छलफलका लागि गएका थिए ।