शनिबार, बैशाख ०८, २०८१

राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटले सम्पन्न गर्याे दुई च्याम्पियनसिप

काठमाडौं। राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटले एकै पटक दुई वटा च्याम्पियनसिप सम्पन्न गरेको छ । जिल्ला भित्रका नयाँ प्रतिभाहरुको खोज, उजागर, सम्मान, संरक्षण गर्दै कलाकारहरुको उत्पादन गर्ने उद्धेश्यका साथ संघले भ्यु हिमालय होटल ककनीमा एक कार्यक्रम आयोजना गरी डान्सिङ स्टार नुवाकोट र दोहोरी च्याम्पियन २०२२ सम्पन्न गरेको छ।

प्रतियोगितामा सविन तामाङ र रिता गुरुङ दोहोरी च्याम्पियन नुवाकोट २०२२ बन्न सफल भएका छन् । यसैगरी, द्वितीय स्थान दिल श्रेष्ठ र सविना तामाङ, तृतीय हुन सफल जगत बोगटी र अम्बिका ढुङगाना, साथै उत्तम लामिछाने र सरिता तामाङ सान्त्वना स्वरुप सफलता प्रप्त गरेका छन् ।

यसैगरी, विशाल तामाङ डान्सिङ स्टार नुवाकोट २०२२ बन्न सफल भएको छ । डान्सिङ स्टारमा अनिशा तामाङ द्वितीय, सुनिल तामाङ तृतीय र सबिन तामाङ सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । डान्सिङ स्टार नुवाकोट २०२२ को लागि १९ जना कलाकारहरु सहभागी भएको थियोे भने दोहोरी च्याम्पियन २०२२ को लागि एक दर्जन कलाकारहरुको सहभागी रहेको थियोे ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद २५,०००, प्रमाणपत्र ,ट्रफि, द्वितीय हुनेलाई १५,०००, नगद प्रमाणपत्र ट्रफि, तृतीय हुनेलाई १०,०००, नगद प्रमाणपत्र ट्रफि र सान्त्वना स्थान सफल पार्नेलाई प्रमाणपत्र र सम्मान पत्र प्रदान गरिएको थियो ।

दोहोरी च्याम्पियन नुवाकोट २०२२ तर्फ निर्णायक जुरीका रुपमा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लोकप्रिय गायक प्रकाश कटुवाल , संघकै महासचिव अमृत खाती र जिल्ला सल्लाहकार शैलाप वाईबा तामाङ रहेका थिए भने डान्सिङ स्टार नुवाकोट तर्फ निर्णायकका रुपमा शुक्र लामा, दीक्षा घिमिरे र विजय तामाङ रहेका थिए।

ककनी गाउपालिकाका अध्यक्ष सुमन तामाङले नुकोटको एक उदाहरणिय कार्यक्रम सम्पन्न भएको र यस्ता खालको कार्यक्रम हामीले धेरै पटक आयोजना गरेर नुवाकोटलाई चिनाउनुपर्छ भन्दै खुसी व्यक्त गरे । पछिल्लो समय लोकदोहोरी प्रतिभाहरुका लागि ‘दोहोरी च्याम्पियन’ हुन लागेको भन्दै उनले यसले आगामी दिनका आफ्नो कला र संस्कृतीलाई जोगाउन मद्धत गर्ने बताए ।

कार्यक्रममा बेलकोटगढी नगरपालिका प्रमुख जगत बहादुर लामा, उप प्रमुख शिव दहाल, ककनी गाउँपालिका उपाध्यक्ष मिठुमाया तामाङ, राष्ट्रिय संगितकर्मी संघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रकाश कटुवाल, महासचिव अमृत खाती, ककनी ५ का अध्यक्ष बुद्धराज लामा लगायतले संघले गरेका कार्यको प्रशंसा गदैं आगामी दिनमा यस्ता खालका प्रतियोगिताहरु अझ धेरै गरी जिल्लामा लुकेर बसेका प्रतिभाहरुको खोजी गर्नुपर्ने बताएका थिए ।

कार्यक्रम सफल बनाउन स्पाेन्सरका रुपमा SK entertainment pvt Ltd gangabu Kathmandu , clothing in nepal nayabazar Kathmandu , prerana entertainment pvt Ltd Lalitpur , kanchhi-maya Tamang foundation Kathmandu , man khusi foundation , View himalayan hotel kakani लगायत रहेकाे थियोे ।

दिनेश तामाङको संयोजकत्वमा भएको उक्त कार्यक्रममा करण तामाङ घ्लानको निर्देशन र अर्चना स्याङतानको सभाअध्यक्षता रहेको थियो । यसैगरी, कार्यक्रम संरक्षकको रुपमा राष्ट्रिय संगितकर्मी संघ केन्द्रीय कार्यसमिति रहेको थियो भने प्रवर्द्धकका रुपमा ककनी गाउँपालिका , बेलकोटगढी नगरपालिका, दुप्चेश्वर गाउँपालिका साथै सह –आयोजकको रुपमा संघका ककनी गाउँपालिका कार्यसमिति रहेको थियो। मिडिया पार्टनरको रुपमा नुवाकोटबाट सञ्चालित सम्पुर्ण रेडियो टेलिभिजन छापा पत्रिका अनलाइन रहेको थियोे ।

साथसाथै, पोखराबाट खोज मिडिया, काठमाडौंबाट युनिभर्सल एच डि टेलिभिजन र तामाङ पेज पार्टनरको रुपमा रहेको थियो । दिनेश तामाङ, करण तामाङ ,अर्चना स्याङतान, फुलमाया तामाङ ,कुमार लामा ,एलिना गुरुङ, बिकी लो लामा ,समीर लामा , रोजी लामा लगायत कार्यक्रमको संचालकको रुपमा रहेका थिए।