शनिबार, बैशाख ०८, २०८१

मध्य जापानमा टालास आँधीका कारण दुई जनाको मृत्यु

जापानको शिजुओका प्रिफेक्चरमा शनिबार भारी वर्षासँगै आएको आँधी टालासका कारण दुई जनाको मृत्यु भएको छ भने हजारौँ घरपरिवार विहीन भएका छन् । धेरै ठाउँमा विद्युत् विच्छेद भएका छन् ।

काकेगावा, शिजुओका प्रिफेक्चरमा आफ्नो घर पहिरोमा परेर ४० वर्षका एक व्यक्तिको मृत्यु भएको छ भने अर्का २९ वर्षीय पुरुष आफ्नो कार जलाशयमा खसेपछि मृत अवस्थामा फेला परेको क्योडो न्यूजले उल्लेख गरेको छ ।

शिजुओका प्रिफेक्चरको हमामात्सुमा पनि छुट्टै पहिरोमा परी नौ वर्षीय बालकसहित तीन जनालाई सामान्य चोटपटक लागेको स्थानीय प्रसारक एनएचकेले जनाएको छ ।

जापानी आपूर्तिकर्ता चुबु इलेक्ट्रिक पावर ग्रिडका अनुसार करिब एक लाख २० हजार घरधुरीमा बिजुली अवरुद्ध भएको र पहिरोले दुई वटा बिजुलीका खम्बा लडाएको छ ।

एजेन्सीले टोकियोसहित मध्य, पूर्वी र उत्तरी जापानमा उच्च छाल, भारी वर्षा, पहिरो र बाढीको बारेमा चेतावनी जारी गरेको छ ।

जापान अहिले टाइफुनको उच्च जोखिममा छ । गत साता क्युसुमा आएको नानमाडोल आँधीका कारण चार जनाको मृत्यु भएको थियो भने १५१ जना घाइते भएका थिए ।