शनिबार, बैशाख ०८, २०८१

प्रचण्डलाई जनजाति महासंघ जापानको ५ बुँदे ध्यानाकर्षण पत्र : राज्यसँग भएको सम्झौता लागू गर्न जोड

टोकियो । नेपाल आदिवासी जनजाति महासंघ नेफिन जापान शाखाले जापानको ५ दिने भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र )का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।
बुधबार साँझ नेफिन जापान शाखाले जापानको ५ दिने भ्रमणमा रहेका अध्यक्ष प्रचण्डलाई ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
२८ औं विश्व आदिवासी दिवसको अवसरमा जापानको टोक्योमा अध्यक्ष प्रचण्डसंग भेट गरि सो पत्र बुझाएको नेफिन जापानका अध्यक्ष संजिव राईले बताउनु भयो।

ध्यानाकर्षण पत्र बुझाउदा नेफिन जापानको अध्यक्ष संजिव राई, सल्लाहकारहरु अजीव गुरुङ (ओम ), हवलचन्द्र लामा, अनिता गुरुङ र पेम्बा शेर्पा उपस्थित रहेको थियो।

विभिन्न आन्दोलनहरुले स्थापित आदिवासी जनजातिको हक अधिकारहरु पछिल्लो समयमा राज्य पक्षबाट खोसिने र वेवास्ता गर्ने क्रम बढेको र आदिवासी जनजातीहरुको आस्थाहरु माथि राज्य सत्ताले दमन गर्न थालेको र पहिचानको सवाल पनि शिर्ष नेताहरुले बिर्सदै गएको हुँदा ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ।
अध्यक्ष प्रचण्डको भ्रमण टोली ५ दिनेको भ्रमण सकेर बिहिबार आज स्वदेश फर्कने कार्यक्रम छ ।
यस्तो छ ध्यानाकर्षण पत्र