बिहिबार, बैशाख ०६, २०८१

प्रचण्डको एलडिपीका नेतासँग भेट: नेपाल जापान बीचको सम्बन्धलाई अझ सुदृढ पार्ने

टोकियो । जापान भ्रमणमा रहनु भएका सत्ता पक्षका नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टी (एलडिपी) नेताहरुसँग भेटवार्ता गरेका छन्।
प्रचण्डुले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टी एलडिपीका पूर्व महासचिव, एवं नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निकाइसंग भेटवार्ता गरेका हुन।

टोक्योस्थित सत्तारुढ दल एलडिपीको कार्यलयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुदेखि स्थानीय नगरहरुबीच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, जलविद्युत, भौतिक पूर्वधार लगायतको क्षेत्रमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै लैजाने विषयमा छलफल केन्द्रित भएको स्वकिय सचिव गंगा दाहालले बताइएन।

पूर्व महासचिव एव वरिष्ट नेता निकाइसँगको भेटले नेपाल र जापान विचको सम्बन्ध अझै प्रगाढ बनाएको अध्यक्ष प्रचण्डले बताएका छन्। भेटमा नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, उपनियोग प्रमुख अम्बिका जोशी सहित एनआरएनएका पूर्व अध्यक्ष भवन भट्ट र जनप्रगतिशील मन्च जापानका अध्यक्ष भवानी पन्त सहभागि थिए।

अध्यक्ष प्रचण्ड ५ दिने जापान भ्रमन सकेर भोली बुधबार विहान स्वदेश फर्कने कार्यक्रम छ।